Nidan Media

एमालेमाथि भएको आक्रमणको डटेर सामना गर्नु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणपछि एमाले सांसदहरूलाई पार्टीका हित र रणनीतिमा केन्द्रित रहन विशेष निर्देशन दिएका छन्।

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेमाथि भएका आक्रमण राजनीतिक हिसाबले तथ्य र तर्कमा आधारित नभएको भन्दै पार्टीमाथि भएको प्रहारको सशक्त प्रतिवाद गर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।

“राम्रो काम गरेकाले हाम्राविरुद्ध प्रहार केन्द्रित भयो। प्रहार असभ्य अपशब्द, असत्य, भ्रमपूर्ण, अश्लील, गालीगलौज र कूप्रचारबाट भएको थियो। हाम्रो सभ्य शैलीले यसको सामना गर्न सकेन। सामाजिक सञ्जालमार्फत गरिएको हमलाको प्रतिवादमा ध्यान पुगेन। सत्य कुरा जनतासम्म पुग्न सकेन,” अध्यक्ष ओलीले भने।

उनले सांसदहरूलाई अनावश्यक विषयमा बढी टिप्पणी नगरी आवश्यक मुद्दामा मात्र केन्द्रित भएर स्पष्ट धारणा राख्न सुझाव दिए।

“पार्टीमा एकथरी मानिस बोल्छन्, एकथरी चुप लाग्छन्। साथीहरूले स्टाटस लेख्छन् तर चाहिने भन्दा नचाहिने कुरामा बढी लेख्छन्। यसलाई सुधार्नु पर्छ। नराम्रो कामले होइन, राम्रो कामले हम्मा आक्रमण भयो। त्यसैले हतासिनु आवश्यक छैन। उच्च मनोबलका साथ काम गर्नुपर्छ,” उनले भने ।

अध्यक्ष ओलीले यस निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय भएको धारणा पनि व्यक्त गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.