Nidan Media

आज बस्दै कर्णाली प्रदेशसभा बैठक

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ ।

माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन माग १८ गतेका लागि आह्वान गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.