Nidan Media

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल नजिक, न्यूजील्याण्ड बाहिरियो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ अन्तर्गत न्यूजील्याण्डविरुद्ध ४ विकेटको जित हासिल गर्दै इंग्ल्यान्डले सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको छ ।

शुक्रबार राति कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले रोमाञ्चक जित हासिल गरेको हो। इंग्ल्यान्डसँगको हारसँगै न्यूजील्याण्ड सेमिफाइनलबाट बाहिरिएको छ।

न्यूजील्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो।

१६० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । न्यूजील्याण्ड बाहिरिएसँगै पाकिस्तान सेमिफाइनल प्रवेश गर्ने आशा पलाएको छ।

योसँगै विश्वकपमा सुपर-८ चरण अझ रोचक बन्दै गएको छ। इंग्ल्यान्डको जितले तालिकालाई थप प्रतिस्पर्धात्मक बनाएको छ भने, पाकिस्तान र अन्य टोलीका लागि पनि तालिकाको समीकरण अझ जटिल र उत्साहजनक बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.