काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको राजधानफ पोखरामा बिहीबार साँझ हल्का वर्षा भएको थियो ।
आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





