Nidan Media

उद्योगमा विद्युत चुहावट हुँदा राजवंशीको मृत्यु

झापा । झापामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ४ का २८ वर्षीय राजीव राजवंशी छन् ।

बिर्तामोड नगरपालिका वडा नं २ चारपानेस्थित एक उद्योगमा गएराति विद्युत चुहावट हुँदा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार राजवंशी चारपानेस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्दै आएका थिए ।

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.