बाजुरा । बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका वडा नं १ पिनालेख बस्ने ४८ वर्षीया लालबहादुर कार्की छन् ।
बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।
घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएको थियो ।
अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।




