Nidan Media

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मान्म । कालीकोटमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिकाका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका वडा नं २ का नवराज शाही छन् । मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीस्थित सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।

भीरबाट तीन ओटै शव निकालेर परीक्षणका लागि सदरमुकाम लगिएको प्रहरी प्रमुख खत्रीले बताए ।

उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तीला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ ।

जीप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.