झापा । झापामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ सडकबारीका तीन वर्षीय दिवाङ्स कँडेल छन् ।
आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर कँडेल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।





