Nidan Media

मधेस प्रदेश सभाको सभामुखमा जसपाका रामअशिष यादव विजयी

काठमाडौँ । मधेस प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव विजयी भएका छन् ।

आइतबार मधेस प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार यादवले ७२ मत प्राप्त गरे । ९६ सांसद सदनमा उपस्थित रहँदा विपक्षमा भने २४ मत परेको छ ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबीता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी हुन् ।

रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली का‌ंग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

शुरूमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.