काठमाडौँ । नेपाली बजारमा चाँदीको भाउ निरन्तर बढेको छ । मूल्य बढेसँगै बुधबार असली चाँदीको भाउ प्रतितोला चार हजार ५५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि मंगलबार चाँदी प्रतितोला तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि सोमबार तीन हजार आठ सय ७० र आइतबार तीन हजार आठ सय २६ रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार सुनको भाउ पनि सामान्य बढेको छ । मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।





