Nidan Media

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन बुधबार पनि सोही मूल्यमा कारोबार  भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहबार असली चाँदीको भाउ प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला दुई हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.