Nidan Media

स्वाखानीमा जीप दुर्घटना: एककाे मृत्यु, चार जना घाइते

पाेखरा । बैतडीमा गए राति जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् ।

शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका वडा न‌ं ७ स्वाखानीमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका वडा नं २ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

चार जना घाइतेलाई भने थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.