Nidan Media

राष्ट्रिय जेन-जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय जेन-जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेका छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार हिराप्रसाद सेती (विरण विक) अध्यक्ष रहनेगरी आयोगमा दल दर्ताको निवेदन परेको हो ।

उक्त निवेदनको दर्ता नं ५३९ रहेको छ ।

उनीहरूले निर्वाचन चिन्ह क्रस खुकुरी माग गरेका छन् ।

तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाव दिएको बताइएको छ ।

जेन-जी पार्टीको उपाध्यक्षमा मुना विक, महासचिव गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.