पोखरा । बुधबारका लागि आह्वान गरिएको गण्डकी प्रदेश सभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था बैठकमा सांसददहरूले तयारी नपुगी बैठक नराख्न सुझाव दिएपछि स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । अर्को बैठक पछि तय हुने उनले बताए ।
जेनजी आन्दोलनका क्रममा संसदको मूल भवन जलेर नष्ट भएपछि मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहललाई अस्थायी संसद सभाहल तयार गरिएको थियो ।