Nidan Media

आज विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ।

नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म जयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ।

यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ।

रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्त्वपूर्ण भूमिका खेल्छ।

यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठूलो जिम्मेवारी वहन गर्छन् ।

उनीहरूको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ।

वास्तवमा आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो ।

यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेशाको प्रवर्द्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो।

यस दिनले यी मेहनती पेशाकर्मीहरूको योगदानको स्मरण गराउँछ, जो बिना स्वास्थ्य सेवा अधुरो छ।

विश्वभर फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ द ल्याम्प पनि भनिन्छ। विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.