काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीको ५० रुपैयाँ घटेको छ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, बुधबार प्रतितोला तीन हजार नौ सय ८० रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार घटेर तीन हजार नौ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





