इलाम। इलाममा आइतबार बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
इलामको देउमाई नगरपालिका वडा नं १, चमैतास्थित चौरीबजारमा सडकबाट करिब दुई मिटर तल खसेर बोलेरो दुर्घटना भएको हो।
मृत्यु हुनेमा देउमाई नगरपालिका-१ चमैता निवासी २१ वर्षीय विपिन दियाली छन्।
दुर्घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर जाँचबुझ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।




