Skip to main content

Nidan Media

प्रधानमन्त्री शाहद्वारा एनपीएल उद्घाटन, सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा शुरू

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित समारोहमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्। कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति थियो।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा शुरू भएको छ। खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको छ।

गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम यसपटक बदला लिने लक्ष्यमा छ। यता, लुम्बिनी भने गत वर्षको उपाधि जोगाउने दाउमा छ। लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेल र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता मंसिर पाँच गतेसम्म चल्नेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.