काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा नौ सय र चाँदीको १० रुपैयाँ बढेको छ।
मंगलबार प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार बढेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यता, मंगलबार प्रतितोला तीन हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर तीन हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




