काठमाडौँ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ बढेको छ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा तीन हजार र चाँदीको ४० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला तीन हजार नौ सय ५५ रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर तीन हजार नौ सय ९५ रुपैयाँ पुगेको छ।




