Skip to main content

Nidan Media

कोजाग्रत पूर्णिमासँगै बडादशैँ पर्व आज समापन हुँदै

काठमाडौँ। नेपालीले भव्य रूपमा मनाउने बडादशैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ।

आश्विनशुक्ल पूर्णिमाका अवसरमा आज साँझ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्य सम्पन्न गरिएसँगै विजयादशमीदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुनेछ।

आजै दशैँमा लगाइएको जमरा नजिकका पवित्र नदी, तलाउ वा तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।

धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेका मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरी धन र ऐश्वर्य प्रदान गर्छिन्।

कौमुदी पूर्णिमासमेत भनिने यस दिन महालक्ष्मीका साथै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ।

यसैबीच, समितिका अनुसार कात्तिक स्नान, तुलसीको विशेष पूजा-आराधना र आकाशदीपदान भने भोलि कात्तिक ९ गते सोमबारदेखि शुरू हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.