Nidan Media

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

झापा । झापाको कन्काई नगरपालिका-२ स्थित एस फुल सेकुवा कर्नरबाट १०२.३१० ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध बिक्री-वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १०२.३१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७ हजार २ सय वटा ट्रामाडोल क्याप्सुल र ७ हजार ४ सय ५० ओटा निटाजेन ट्याब्लेट बरामद गरेको जनाएको छ।

यस्तै, दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.