आजको पञ्चाङ्ग
मिति २०८३ असार २६ गते शुक्रबार, इस्वीसंवत जुलाई १० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढकृष्णपक्षको एकादशी तिथि रातिमा १ः२९ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा भरणी बिहानमा ११ः५३ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ५१ घटि ४४ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ। करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३४ घटि २१ पला अर्थात १३ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः४४ बजे र अस्ताउने समय दिनमा २ः५३ बजे रहेको छ। आज योगिनी एकादशी व्रत गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास र ऊर्जा उल्लेखनीय रूपमा बढ्नेछ। विगतदेखि रोकिएका कामले अपेक्षित गति लिने सम्भावना छ। नयाँ योजना कार्यान्वयन गर्ने उपयुक्त समय बनेको छ। व्यवसाय विस्तार वा रोजगारीमा राम्रो अवसर प्राप्त हुन सक्छ। नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। आफन्तसँगको सहकार्यले महत्त्वपूर्ण उपलब्धि दिलाउन सक्छ। आर्थिक पक्ष सुदृढ बन्ने संकेत छन्। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ। लगानीबाट सन्तोषजनक लाभ मिल्न सक्छ। दिनभर उत्साह, सफलता र प्रगतिले साथ दिनेछ।
वृषः आज चन्द्रमाको प्रभाव अनुकूल नरहेकाले मनमा अनावश्यक चिन्ता बढ्न सक्छ। खर्च नियन्त्रण गर्न कठिन हुन सक्छ। विश्वास गरेका व्यक्तिबाट अपेक्षित साथ नपाउँदा निराशा महसुस हुन सक्छ। कार्यक्षेत्रमा गोपनीयता कायम राख्नु उचित हुनेछ। स्वास्थ्यमा थकान र निद्राको कमीले असर गर्न सक्छ। पुराना काममा अवरोध आउन सक्ने देखिन्छ। विवादमा नपर्नु नै बुद्धिमानी हुनेछ। धार्मिक वा आध्यात्मिक गतिविधिले मानसिक शान्ति दिलाउन सक्छ। धैर्य र संयम अपनाए समस्या विस्तारै समाधानतर्फ जानेछ। आज ठूलो निर्णय केही समयका लागि स्थगित गर्नु राम्रो हुनेछ।
मिथुनः आज परिस्थिति केही चुनौतीपूर्ण देखिए पनि धैर्यले सफलता दिलाउन सक्छ। सामान्य काममै अपेक्षाभन्दा बढी समय खर्च हुन सक्छ। निर्णय गर्दा अन्योल उत्पन्न हुन सक्छ। आफ्ना योजना सीमित व्यक्तिलाई मात्र जानकारी दिनु उपयुक्त हुनेछ। कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा मानसिक राहत मिल्नेछ। अधुरा काम क्रमशः पूरा हुँदै जानेछन्। अनुभवले भविष्यका लागि बलियो आधार तयार गर्नेछ। संयमित सोचले दिन सहज बनाउन मद्दत गर्नेछ।
कर्कटः आज भाग्यले साथ दिने भएकाले नयाँ अवसर प्राप्त हुन सक्छ। ज्ञान र सीप बढाउने काममा रुचि जाग्नेछ। अनुभवी व्यक्तिको सुझाव लाभदायक बन्नेछ। व्यवसायमा नयाँ सम्भावना देखापर्न सक्छ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। पारिवारिक वातावरण सुखद रहने सम्भावना छ। इच्छाशक्ति बलियो हुँदा कठिन काम पनि सहज बन्नेछन्। रोकिएको रकम प्राप्त हुन सक्छ। भविष्यका योजना अघि बढाउन अनुकूल समय रहेको छ। दिन उपलब्धिमूलक रहनेछ।
सिंहः आज जिम्मेवारी बढ्दा केही दबाब महसुस हुन सक्छ। बोली र व्यवहारमा संयमता आवश्यक रहनेछ। अरूको आलोचनाबाट विचलित नहुनु राम्रो हुनेछ। कार्यस्थलमा धैर्यका साथ अघि बढे सफलता मिल्नेछ। गोप्य योजना सार्वजनिक नगर्नु उचित हुनेछ। अनावश्यक विवादबाट टाढा रहनु लाभदायक हुनेछ। वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्न सक्छ। कठिन परिस्थितिबाट नयाँ अनुभव प्राप्त हुनेछ। साँझतिर मन हल्का हुने संकेत छन्। विवेकपूर्ण निर्णयले क्षति हुनबाट जोगाउनेछ।
कन्याः आज काममा अपेक्षाअनुसार गति नआउन सक्छ। सानो लापरवाहीले ठूलो झन्झट निम्त्याउन सक्छ। स्वास्थ्यमा कमजोरी वा थकान महसुस हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउनु आवश्यक देखिन्छ। अध्ययन तथा कार्यालयका काममा दोहोरिएको प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। आर्थिक निर्णय सोचविचार गरेर लिनु उचित हुनेछ। परिवारसँग सामान्य मतभेद हुन सक्छ। कसैको आलोचनालाई व्यक्तिगत रूपमा नलिनु राम्रो हुनेछ। धैर्य कायम राखे दिनको अन्त्यतिर राहत मिल्नेछ। संयम नै आजको सबैभन्दा ठूलो बल हुनेछ।
तुलाः आज मन प्रशन्न रहनेछ र काममा राम्रो उत्साह देखिनेछ। नयाँ चिनजान भविष्यका लागि लाभदायक बन्न सक्छ। व्यापार तथा पेशामा आम्दानी बढ्ने संकेत छन्। पारिवारिक वातावरण सुखद रहनेछ। सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ। अध्ययन र प्रतियोगितामा राम्रो नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ। आत्मविश्वासले कठिन काम पनि सहज बनाउनेछ। दिन सकारात्मक उपलब्धिले भरिनेछ।
वृश्चिकः आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ। भावनामा बगेर निर्णय गर्दा समस्या आउन सक्छ। आर्थिक कारोबारमा सतर्क रहनु उचित हुनेछ। पुराना विवाद फेरि उठ्न सक्ने सम्भावना छ। कार्यक्षेत्रमा अतिरिक्त मेहनत आवश्यक पर्नेछ। परिवारका सदस्यसँग धैर्यपूर्वक संवाद गर्नु राम्रो हुनेछ। कानुनी वा प्रशासनिक विषयमा ढिलाइ हुन सक्छ। खर्च बढ्ने सम्भावना भएकाले बजेट मिलाएर चल्नु उपयुक्त हुनेछ। आत्मसंयमले धेरै समस्या टार्न सकिनेछ। दिनको उत्तरार्धमा केही राहत मिल्ने संकेत छन्।
धनुः आज सामान्य प्रगतिको दिन रहनेछ। योजना पूरा हुन केही समय लाग्न सक्छ। नयाँ सीप सिक्ने अवसर प्राप्त हुनेछ। सहयोगी व्यक्तिको साथले काम सहज बन्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रदर्शन गर्न सकिनेछ। आर्थिक पक्ष क्रमशः सुधारतर्फ जानेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। धैर्यका साथ अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ। भविष्यका लागि उपयोगी योजना बनाउन सकिनेछ। सकारात्मक सोचले सफलता नजिक ल्याउनेछ।
मकरः आज अतिरिक्त जिम्मेवारीले व्यस्त बनाउनेछ। काममा केही अवरोध देखिए पनि निराश हुनुपर्ने अवस्था छैन। खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ। सहकर्मीसँग सहकार्य गरेर अघि बढ्नु राम्रो हुनेछ। अधिकारसम्बन्धी विषयमा सजग रहनु उचित हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्ने संकेत छन्। धैर्यपूर्वक निर्णय गर्दा समस्या कम हुनेछ। साँझपछि परिस्थिति केही सहज बन्नेछ। विवेकले दिन सफल बनाउन मद्दत गर्नेछ।
कुम्भः आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ अवसरले भविष्यको बाटो खोल्न सक्छ। व्यवसायमा लाभदायक सम्झौता हुन सक्ने सम्भावना छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। साथीभाइसँगको सहकार्य फलदायी बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्रा लाभदायक हुन सक्छ। अतिरिक्त आम्दानीको स्रोत फेला पर्न सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। दिन सफल र सन्तोषजनक रहनेछ।
मीनः आज चन्द्रमाको प्रभाव प्रतिकूल रहेकाले सावधानी अत्यन्त आवश्यक देखिन्छ। स्वास्थ्यमा अचानक समस्या देखिन सक्छ। मानसिक तनावले निर्णय क्षमता कमजोर बनाउन सक्छ। आर्थिक लेनदेनमा विशेष सतर्कता अपनाउनु उचित हुनेछ। कसैलाई सहजै विश्वास गर्दा धोका हुन सक्छ। अनावश्यक विवाद र बहसबाट टाढा रहनु राम्रो हुनेछ। काममा ढिलाइ हुँदा निराशा बढ्न सक्छ। परिवारका सदस्यसँग धैर्यपूर्वक व्यवहार गर्नु आवश्यक हुनेछ। धार्मिक वा ध्यान–साधनाले मनलाई शान्त बनाउन सहयोग गर्नेछ। आज संयम र सावधानी अपनाए सम्भावित क्षति धेरै हदसम्म टार्न सकिनेछ।
साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१५ बजेदेखि ६ः५८ बजेसम्म चर बेला
बिहान ६ः५८ बजेदेखि ८ः४२ बजेसम्म लाभ बेला
बिहान ८ः४२ बजेदेखि १०ः२५ बजेसम्म अमृत बेला
बिहान १०ः२५ बजेदेखि १२ः०९ बजेसम्म काल बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः५२ बजेसम्म शुभ बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म रोग बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१९ बजेदेखि ७ः०२ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ७ः०२ बजेदेखि ८ः१९ बजेसम्म लाभ बेला
साँझ ८ः१९ बजेदेखि ९ः३६ बजेसम्म अमृत बेला
राति ९ः३६ बजेदेखि १०ः५२ बजेसम्म काल बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
राति १२ः०९ बजेदेखि १ः२६ बजेसम्म रोग बेला
राति १ः२६ बजेदेखि २ः४२ बजेसम्म उद्धेग बेला
रातिमा २ः४२ बजेदेखि ३ः५९ बजेसम्म चर बेला
रातिमा ३ः५९ बजेदेखि ०५ः१५ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





