Nidan Media

दुई दिनमै सुन तोलामा १३ हजार चार सयले महँगियो, साताको अन्तिम दिन पनि सात हजार दुई सयको उछाल

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ ।

बिहीबार तोलामा छ हजार दुई सयले बढेको सुनको भाउ शुक्रबार सात हजार दुई सयले बढेको हो। योसँगै सुनको भाउ दुई दिनमै तोलामा १३ हजार चार सय रुपैयाँ बढेको हो  ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ दुई दुई लाख ९० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ बिहीबार दुई लाख ८३ हजार पाँच सय र बुधबार दुईलाख ७७ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यता, शुक्रबार असली चाँदीको भाउ पनि तोलामा एक सय ६५ रुपैयाँ बढेर प्रतितोला चार हजार छ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसअघि बिहीबार चाँदी प्रतिताला चार हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.