Nidan Media

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्।

लामिछानेले बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटल सिमटीको हलमा बस्ने गरी आह्वान गरेका हुन्।

चितवनमा असार ७ देखि ९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि उक्त बैठक बोलाइएको हो।

बैठकमा महाधिवेशनको अन्तिम तयारी, प्रतिनिधि व्यवस्थापन तथा सहभागिता सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन र पार्टीको विधान संशोधनका विषयमा समेत छलफल हुने बताइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.