Nidan Media

ब्राजिलको दमदार प्रदर्शन, पहिलो हाफमै हैटीविरुद्ध ३-० को अग्रता

काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको खेलमा ब्राजिलले हैटीविरुद्ध पहिलो हाफमै ३-० को फराकिलो अग्रता बनाएको छ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले शुरूदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि पूर्ण दबाब बनाएको हो। ब्राजिलका म्याथ्यूस कुन्हाले दुई गोल गरेका छन्।

उनले २३ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३६ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसैगरी पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रतालाई ३-० मा पुर्‍याए।

यसअघि खेलको १२ औँ मिनेटमा राफिन्हाले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन।

पहिलो हाफभर ब्राजिलले खेलमा पूर्ण प्रभुत्व जमाएको छ भने हैटीले रक्षात्मक रूपमा संघर्ष गरेको छ।

यसअघि ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हैटी स्कटल्याण्डसँग पराजित भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.