Nidan Media

तोलामा १२ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको १० रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता, मंगलबार प्रतितोला चार हजार नौ सय ९० रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.