Nidan Media

तोलामा २१ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई हजार एक सय र चाँदीको ५५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ रहेको थियो।

यता, बिहीबार पाँच हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर पाँच हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.