Nidan Media

भिरबाट लडेर दुईको मृत्यु

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका-१ पाटाका ६० वर्षीय मानबहादुर दानी रहेका छन्।

वनमा घाँस काट्न गएका बेला भिरबाट लडेका दानीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले बताएका छन्।

यस्तै, बडीमालिका नगरपालिका-६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया छोरी जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ।

आमासँगै गाउँ नजिकैको वनमा घाँस काट्न गएका बेला चिप्लिएर भिरबाट खसेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उता, बडीमालिका नगरपालिका-२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.