काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदीको ४५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला तीन हजार आठ सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार तीन हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।




