काडमाडौँ । भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायतअन्तर्गतको बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट करिब ६० वटा पसल जलेर नष्ट भएका छन्।
एउटा भाँडा पसलमा विद्युत्को तार सर्ट भएर साँझ करिब ७ बजे आगो लागेको थियो। समयमै नियन्त्रणमा लिन नसक्दा आगो बजारभर फैलिएको बताइएको छ।
धनगढी उपमहानगरपालिकाका दुई दमकल, नेपाली तथा भारतीय सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा राति करिब ११ बजे आगो नियन्त्रणमा आएको अग्रवालले जानकारी दिए।
आगलागीबाट ५० देखि ७० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ। पसलहरू एकअर्कासँग टाँसिएका कारण आगो नियन्त्रणमा कठिनाइ भएको बताइन्छ।
नेपाली ग्राहकलाई लक्षित गरी सञ्चालन हुँदै आएको बनगाउँ बजारमा दैनिक ठूलो संख्यामा नेपाली किनमेलका लागि पुग्ने गर्छन्।




