काठमाडौँ। सरकारले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० ओटा पुल निर्माण गरिने जानकारी दिएका हुन् ।
साथै, उक्त सडकमा ५दशमलव४ किलोमिटर सुरुङमार्ग पनि निर्माण गरिने उनले बताए ।
यस्तै सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
यसैगरी ६७० मेगावाट जलविद्युत् आयोजना र ३७० मेगावाट सौर्य ऊर्जामार्फत उक्त परिमाणको विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

