काठमाडौँ। सरकारले काठमाडौँमा एआई (कृत्रिम बौद्धिकता) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ ।
शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।
उनले नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरिएको बताएका छन् ।
बजेटमार्फत काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।
‘नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौँ । काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइनेछ ।’
सरकारले एआई प्रविधिमा आधारित उद्यम र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना अघि सारेको जनाएको छ ।

