Nidan Media

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

पोखरा। देशभर २०औँ लोकतन्त्र दिवस मनाइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने शुक्रबार पोखरा आएका छन्।

२०६३ सालको आजकै दिन १९ दिने जनआन्दोलनले राजा शाहलाई घुँडा टेक्न बाध्य बनाएको थियो ।

शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा पोखरा आए पनि उनको यस भ्रमणले पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूले स्वागत गरेका थिए ।

राष्ट्रिय झण्डा प्रदर्शन गर्दै समर्थकहरूले पूर्वराजाको पक्षमा जयजयकार एवंपञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् ।

शाहले  यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.