Nidan Media

तोलाामा २२ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई हजार दुई सय र चाँदीको ७५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार सात सय रुपैयाँ रहेको थियो ।

यता बिहीबार प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासंघलले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा एक हजार आठ सय र चाँदीको एक सय १० रुपैयाँले घटेको थियो ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको हो। केही दिनयता लगातार बढिरहेको सुनको मूल्यमा हिजो र आजको गिरावटले उपभोक्तालाई केही राहत दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.