बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बूढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि अवस्था जटिल बनेको हो।
उनको अवस्था गम्भीर भएपछि बिहीबार सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गरिएको हो।
स्वास्थ्य अवस्था जटिल बनेपछि समयमै गरिएको उद्धारले थप जोखिम हुन नदिएको बताइएको छ।




