Nidan Media

पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

पोखरा । प्रतिकूल मौसम र जेन-जीको आन्दोलनका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा शुक्रबारदेखि पुनः सञ्चालन भएको छ । मौसममा सुधार र पर्यटकीय याम शुरू भएसँगै हवाई सेवा पुनः सञ्चालनमा आएको हो ।

निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले करिब एक महिनापछि नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले जानकारी दिए ।

प्रतिकूल मौसम र जेनीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।

पहिलो दिन शुक्रबार समिटका जहाजले दुईवटा उडान भरेका छन् । जसमा १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको थकालीले जानकारी दिए ।

हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेशन इन्चार्ज थकालीले जनाए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुुसार समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोममा अवतरण भएको छ।

साथै तारा एयरलाइन्सले पनि अक्टोबर १ देखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेशन इन्चार्ज सुजन लालचनले बताए ।

हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको भने सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.