Nidan Media

रोकिएन नेप्सेको पहिरो, कारोबार पनि घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारकाे काराेबार बढ्न सकेन । शेयर बजारमा दशैंको प्रभाव देखिएको अनुमान गरिएकाे छ । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज २दशमलव३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ ।

आज कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बुधबार २६ अंकले घटेको बजारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको थियो भने नेप्से २६५४दशमलव३५ बिन्दुमा रोकिएको थियो ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १३९ कम्पनीको शेयर मूल्य घट्दा १०७ कम्पनीको शेयर मूल्य भने बढेको छ । बिहीबार सेन्सेटिभ इन्डेक्स ०दशमलव१० अंकले घटेको छ । फलेट इन्डेक्स ०दशमलव२० अंकले घटेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ०दशमलव०४ अंकले घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रभु बैंकको डिबेन्चरको शयेर मूल्य प्रतिकित्ता ८८दशमलव८८ रुपैयाँले बढेर १८८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज सिटि होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७दशमलव५५ प्रतिशतले घटेर ६०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, नारायणी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५दशमलव८५ प्रतिशितले घटेर ७७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुर्नबिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा युनियन हाइडड्रो पावर दोस्रो स्थानमा छ ।

बिहिबार यस कम्पनीको कुल १८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १दशमलव३६ प्रतिशत बढेको छ ।

यस दिन बैंकिङ्ग, लगानी र म्यूचूअल फण्ड उपसमूहको परिसूचक सामान्य मात्रै बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १दशमलव४९ प्रतिशत घटेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.