पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा लोकप्रिय दोहोरी गायक पुश्कल शर्माको नयाँ तिज गित श्रीमान डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । पुश्कल शर्मा विगत दुई दशक देखि निरन्तर सांगितिक बजारमा रमाईरहेका छन्, उनको चर्चा परिचर्चा दिनहु बढ्दै गईरहेको छ । पछिल्लो समय शर्मा निकै व्यस्त गायक एवम् सर्जकका रुपमा चिनिन्छन् । उनले गाएका थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृर्जनामा रमाऊने शर्माको गित सुन्न दर्शकहरुले पनि केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
कहिले हसाऊने–कहिले रुवाऊने, कहिले मिलन–कहिले विछोड, कहिले मायाप्रेमका विषयवस्तुको चित्रण त कहिले सामाजिक घटनाका विषयवस्तु चित्रण शर्माका गितमा पाईने विशेषताहरु हुन् ।
म जिऊन सक्दिन मुटु जलाई जलाई गितबाट फराकिलो सांगितिक यात्रा वनाएका पुश्कल शर्मा बहुआयामिक प्रतिभामा धनि छन्,। उनि आफै गित लेख्छन् , संगित भर्छन् , आफै गाऊछन्, भिडियोमा आफ्नै निर्देशन अनि कथावस्तु वनाऊछन् संगै अभिनयमा पनि आफै प्रस्तुत हुने गर्छन् ।
पुश्कल शर्माको गित हास्ने, नाच्ने, रमाऊने, भावुक हुने मात्र नभई केहि न केहि सन्देश दिने सन्देशमुलक पनि हुने गर्छन् । निकै मर्मस्पर्शी भावले कोरिएका शब्दहरुमा महिलाको वेदना चित्रण गरिएको छ । पुर्णकला बिसि र पुश्कल शर्माको आवाज रहेको गीतका शब्द–लय शर्माकै हुन् ।
यस गीतको अभिनयमा पुश्कल शर्मा ,सवि शर्मा ,अर्जुन सापकोटा, सारिका केसि,विक्रम बुढाथोकी अभिनित गीत निकै पिडादायि छ । शर्माले गीतमार्फत तीज पर्वको मौलिकता, नेपाली महिलाहरूको पारिवारिक भावनात्मक सम्बन्धलाई उजागर गर्न खोजेका छन्। पछिल्ला वर्षमा तीज गीतमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति उनले स्पष्ट सन्देश दिएका छन्। ‘श्रीमान’ गीत यस्तै विकृतिको प्रतिवादस्वरूप आएको गीत हो, जसले नेपाली लोकसंस्कृतिको जगेर्ना, संरक्षण र प्रवर्धनमा योगदान दिन्छ भन्ने विश्वास गरिएको छ।
मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतिले खिचेका छन। भने सम्पादन दिपक बिष्टले गरेका छन ।