काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिपसिकबारे टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित चेम्बर एक्स्पोलाई सम्बोधन गर्दै उनले एआई क्षेत्रमा यसले तहल्का मच्चाएको टिप्पणी गरेका हुन् ।’
‘अहिले डिपसिक भन्ने जुन एआई आएको छ । यसले च्याटजीपीटी लगायतलाई धेरै संकटग्रस्त बनाएको छ । यो निकै सस्तो छ, कमसेकम १५ गुणा सस्तो भएको जस्तो देखिन्छ । अब…ब्रुस्लीजस्तै आयो क्या यो, ढालिहाल्छ कि जस्तो । अचानक आयो, आइसक्दाखेरि यसले तहल्का मच्चायो । २४ घण्टामा यसले विश्वव्यापी परिचय स्थापित गर्यो । र, विश्वव्यापी कम्युटरिङ सेक्टरलाई यसले झड्का दियो, कि कसरी सस्तो गर्न सकिन्छ ।’
जसले गरोस्, हामी त उपभोक्ता हौं, हामीलाई सस्तो चाहिँएको छ । तर, हामी सधैँ उपभोक्ता मात्रै हुनुपर्छ भन्ने छैन । एउटा कोलोनियल एरामा हामी पछाडी पर्यौं, किनकी हामीकहाँ सामन्तवाद थियो, त्यही भएर पछाडी पर्यौं । यो त ज्ञानको उत्पत्ति भएको ठाउँ हो ।
प्रधानमन्त्री ओलीले भनेको विश्व बजारलाई ढाल्ने डिपसिक मंगलबारमात्रै लञ्च भएको हो । त्यसको भोलिपल्ट अर्थात् बुधबार मात्रै चिनियाँ प्रविधि कम्पनी अलिबाबाले बुधबार क्वेन २.५ आर्टिफिसिल इन्टिलिजेन्स (एआई) को नयाँ भर्सन रिलिज गरेको छ । अलिबाबाले उक्त एआईले डिपसिकलाई उछिन्ने दाबी गरेको छ ।