Skip to content

होटलमा आगलागी हुँदा ७६ जनाको मृ त्युः टर्की

टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ ।

टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको हो । काठले बनेको १२ तल्ले सो होटलमा आगलागीको समय बिदा मनाउन गएका २ सय ३४ जना रहेका थिए ।

टर्कीको आन्तरिक मन्त्रालयले आगलागी भएको केही घण्टामा १० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको थियो । तर होटलभित्र ठूलो संख्यामा मानिसहरु रहेका र काठको संरचना भएकाले छोटो समयमा नै मृतकको संख्या बढेको हो ।

होटलमा आगलागीभएपछि झ्यालबाट हाम फाल्ने प्रयास गर्न २ जनाको मृत्यु भएको छ । होटलमा लागेको आगो निभाउन झण्डै १२ घन्टा लागेको थियो ।

प्रहरीले होटलका मालिक सहित ९ जनालाई पक्राउ गरी घटनामा विषयमा अनुसन्धान गरिहरेको छ । मृतकहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x