Skip to main content

Nidan Media

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्रमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षति भए नभएकोबारे हालसम्म जानकारी प्राप्त भएको छैन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.