काठमाडौँ। ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षति भए नभएकोबारे हालसम्म जानकारी प्राप्त भएको छैन।





