Nidan Media

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले आयोगको सचिवमा प्राध्यापक डाक्टर रोजिश श्रेष्ठलाई पनि नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ।

मन्त्रिपरिषद् बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी नेपाल अन्तरविधागत यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिइएको छ। पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.