Nidan Media

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा, डीआर कङ्गोको विश्वकप यात्रा समाप्त

काठमाडौँ । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले २०२६ फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अन्तिम ३२ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) लाई २–१ ले पराजित गर्दै नकआउट चरणमा आफ्नो यात्रा जारी राखेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुआतदेखि नै अवसर सिर्जना गरेका थिए। खेलको उत्तरार्धमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि डीआर कङ्गोले खेलमा फर्कने प्रयास गर्दै एक गोल फर्काए पनि इन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे।

यस जितसँगै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब इंग्ल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

कप्तान केनले यस प्रतियोगितामा व्यक्तिगत रूपमा पनि नयाँ कीर्तिमान कायम गरेका छन्। उनी इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने कप्तान बनेका छन् भने विश्वकपमा इंग्ल्यान्डका तर्फबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा दर्ज गराएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.