काठमाडौँ । दक्षिण अफ्रिकाका डिफेन्डर याया सिथो फिफा विश्वकप २०२६ मा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
शुक्रबार राति मेक्सिकोविरुद्ध जारी विश्वकपको उद्घाटन खेलमा सिथोले गोल गर्ने स्पष्ट अवसर रोकेको ठहर गर्दै रेफ्रीबाट सिधा रातो कार्ड पाएका हुन्।
समूह ‘ए’ अन्तर्गत मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा सिथोले मेक्सिकन खेलाडीलाई गोल गर्ने अवसरबाट वञ्चित गराएपछि उनलाई मैदानबाट बाहिर पठाइएको थियो।
सिथोको बहिर्गमनसँगै दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको छ। यससँगै उनी फिफा विश्वकप २०२६ मा पहिलो रातो कार्ड पाउने खेलाडीका रूपमा पनि दर्ज भएका छन्।




