काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउ गिरावट आएको छ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय र चाँदीको एक सय पाँच रुपैयाँले घटेको हो।
बुधबार सुनको भाउ तोलामा तीन हजार र चाँदीको ३० रुपैयाँ घटेको थियो ।
मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, बिहीबार १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार नौ सय ४५ रुपैयाँ तोकिएको छ।
यता, बुधबार प्रतितोला चार हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर बिहीबार चार हजार आठ सय १० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य चार हजार एक सय २४ रुपैयाँ रहेको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।




