Nidan Media

आज देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र चट्याङ्गको सम्भावना

काठमाडौँ। आज पनि देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र चट्याङ्गको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार साँझ कोशी, बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.