Nidan Media

मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुर । मधेस प्रदेश सरकारले यही माघ १८ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।

सूचनामा मधेस प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.