Nidan Media

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौँ । शिक्षामन्त्री डा. महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार पुनले आज राजीनामा दिएका हुन् ।

पुनले आफ्नो व्यक्तिगत अभियान तथा नवीनता प्रवर्द्धनमा पूर्ण रूपमा केन्द्रित हुन मन्त्री पदबाट हट्ने निर्णय गरेको बताइएको छ ।

पुनले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा पत्र बुझाएका छन्।

पुन असोज ५ गते शिक्षा मन्त्रीमा नियुक्त भएका थिए ।

आइतबारमात्रै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।

केही अघि राजीनामा दिएका उर्जामन्त्री कुलमान घिसिङ रानीतिमा सक्रिय छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.